तरकारी विउ उत्पादन केन्द्र

चापा‚ रुकुम (पश्चिम)

Nepal's Flag
डा.रवीन्द्र नाथ चौबे
वरिष्ठ बागवानी विकास अधिकृत
rukumfarm@gmail.com
९८५७८२४२७२
बाल कृष्ण शाह
बागवानी विकास अधिकृत
rukumfarm@gmail.com
९८४७८२५५०३

बरिष्ठ कृषि अधिकृत बाट सन्देश

नेपालको कूल जनसंख्याको करिव ६५% जनसंख्या कृषिमा आश्रित भै २८.८९ % कूल गार्हस्थ उत्पादन (GDP) कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको अग्र स्थानमा धानको करिब २० % योगदान रहेको छ भने धान बाली पछि करिब १३.२ प्रतिशत योगदान तरकारी बालीको रहेको छ । कृषिको कुल गार्हस्थ उतपादनमा तरकारीले दोश्रो स्थानमा ओगेटेको छ । समुद्र सतहदेखि … Read More

तरकारी विउ उत्पादन केन्द्र‚ रुकुमको परिचय

तरकारी विउ उत्पादन केन्द्र, चापा, रुकुम (पश्चिम) तरकारी  बालीहरुको गुणस्तरीय श्रोतविउ उत्पादनमा नेपालमै अग्रणी रहेको छ । वि.सं.२०३५ सालमा स्थापना भई कुल ११७ रोपनी क्षेत्रफल ओगोटेको यस फार्मले विभिन्न तरकारी बालीहरुको मुख्य रुपले मूल तथा उन्नत विउ उत्पादन गर्दै आएको छ । सिंचाईको राम्रो प्रबन्ध भएको, प्रशस्त घाम लाग्ने दक्षिण फर्केको मोहडा तथा सुहाउँदो हावापानी भएको कारणले तरकारी बालीको गुणस्तरीय श्रोतविउ उत्पादनको लागि मुख्य केन्द्रको रुपमा चिनिन्छ । यस केन्द्रले खास गरेर प्याज (रेड क्रियोल), काउली (काठमाण्डौ स्थानीय), मूला (मिनो अर्ली), रायो (खुमल चौडापात), केराउ (आर्केल, सिंगापुरे र सिक्किमे), सिमी (चौमासे, त्रिशुली र केण्टुकी वण्डर), सलगम (पर्पल टप), स्वीसचार्ड (फोर्ड हुक जाइन्ट), चम्सुर (स्थानीय), गोलभेडा हाइब्रिड (श्रृजना) लगायत विभिन्न तरकारी बालीहरुको श्रोतविउ बार्षिक २ मेट्रिक टन भन्दा बढी उत्पादन गर्दै आएको छ । फार्ममा उत्पादित तरकारी विउहरु मुख्यरुपले रुकुम, सल्यान, प्युठान, रोल्पा, सुर्खेत, दाङ, गुल्मी, अर्घाखाँची, ललितपुर लगायत विभिन्न जिल्लाका विउ उत्पादक कृषक, कृषक समूह तथा सहकारीहरुलाई बिक्री बितरण हुने गरेको छ । यसको अलावा फार्ममा अलैंची (रामसाई) का गुणस्तरीय बेर्नाहरु पनि उत्पादन तथा बिक्री बितरण भई रहेको छ । विउ तथा बेर्नाहरुको बिक्री बितरणबाट बार्षिक करीब १६लाख भन्दा बढी रकम राजश्व संकलन हुने गरेको छ ।

रुकुम फार्म हाल कृषि पढीरहेका (जे.टी.ए.तालीम तथा आई.एस्सी.एजी.) विद्यार्थीहरुको लागि व्यवहारिक रुपमा कार्यगत तालिम (ओ.जे.टी.)को लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ रुकुम जिल्लाको साथै सल्यान, रोल्पा, जाजरकोट, दाङ, चितवन, बर्दिया, काठमाण्डौ लगायतका कलेजहरुमा अध्धयन गर्ने जे.टी.ए.तथा डिप्लोमा कोर्सका १००औ बिद्यार्थीहरु कार्यगत तालिमको लागि आउने गरेका छन् ।

भौगोलिक स्थितीः

यो केन्द्र कर्णाली प्रदेश अन्तर्गत राप्ती अञ्चलको रुकुम (पश्चिम), जिल्ला मुसीकोट नगरपालिका वडा नं.४, को चाँपा भन्ने स्थानमा रहेको छ । यो मध्यपहाडी क्षेत्रमा समुद्र सतहदेखि १४५० मीटरको उँचाईमा, २८३६ʼउतरी अक्षांस र ८२१२ʼ पूर्वी देशान्तरमा फैलिएको छ । यो केन्द्र दक्षिण मोहडामा परेकोले विहान सूर्योदय भएदेखि साँझ सूर्यास्त भएसम्म घाम लागिरहन्छ ।

हावापानीः

यस केन्द्रको ‌औसत अधिकतम तापक्रम २४ से.र न्यूनतम तापक्रम १३ से. तथा बर्षा १६०० मि.मी. देखि २०७६ मि.मी.सम्म परेको पाइएको छ । यहाँको हिउँद चिसो, गृष्म न्यानो सुख्खा तथा मनसून ढिलो गरी आउने र हिउँदको दिनमा कहिले काँही हिउँ समेत पर्ने गर्दछ र हल्का तुषारो पनि परेको पाइन्छ । यहाँको सापेक्षिक आर्द्रता ७९.१% छ ।

भू–उपयोग बिबरणः

ट्रिगोनोमेट्रिकल नापी प्रणाली द्वारा गरिएको नापी अनुसार केन्द्रको कुल क्षेत्रफल ११७ रोपनी देखाइएतापनि बाटो घाटो, भीर कान्ला, कुलो, कार्यालय, क्वार्टर आदिले ओगोटेको जग्गा कट्टा गर्दा केन्द्रको खुद खेतीयोग्य जमीन करीब ८० रोपनी रहेको छ ।

ग्यालरी