Government of Nepal

Ministry Of Agriculture & Livestock Development

Agriculture Department

National Potato , Vegetable and Spice Development Center

Vegetable Seed Production Center

Chapa ‚Rukum (West)


पदम बहादुर सुवेदी

Office Chief

पदम बहादुर सुवेदी

वरिष्ठ वागवानी विकास अधिकृत
9857824272
rukumfarm@gmail.com
प्रेमराज गिरी

Information Officer

प्रेमराज गिरी

प्राविधिक सहायक
98485441955
About Us

तरकारीबालीहरुको गुणस्तरीय बीउको बढ्दो माँगलाई दृष्टिगत गर्दै २०३०/ 0३१ सालमा देशका विभिन्नक्षेत्रहरुमा बागबानी तथा तरकारी फार्म केन्द्रहरुको स्थापना भएको हो।बीउको बढ्दो माँगको आपूर्ति सरकारी फार्म केन्द्रहरुले मात्र गर्न असम्भव भएकोले २०३२ सालदेखि नै विभिन्न बागबानी फार्म केन्द्रहरुको कमाण्ड क्षेत्र अन्तरगत रहेका जिल्लाहरुमा कृषकस्तरमा तरकारी बीउको उत्पादन गराई माँगआपूर्ति गर्ने परिपाटी शुरु गरिएको थियो।सोही अनुसार राप्ती अञ्चलका विभिन्न जिल्लाहरुका तरकारी बीउ उत्पादन पकेटक्षेत्रहरुमा सेवा प्रदान गर्ने उद्देश्यले २०३५ सालमा यसकेन्द्रको स्थापना भएको हो।स्थापना भएदेखि नै यसकेन्द्रले कृषि विभाग, तत्कालीन तरकारी विकासनिर्देशनालय तथा हाल राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रको मातहतमा रही तरकारी बीउको प्रजनन तथा मूल बीउ उत्पादन, तरकारी बाली सम्बन्धि अध्ययन परिक्षण, जातीय सम्बर्धन तथा संरक्षण जस्ता कार्यहरु गर्दै आइरहेको छ।हाल यसकेन्द्रले१६किसिमका विभिन्न तरकारीबालीहरुका १९ वटा जातहरुको प्रजनन् , मूल तथा उन्नत बीउ उत्पादन गर्दै आइरहेको छ र विशेषगरी मिनोअर्ली जातको मूला , रेडक्रियोल जातको प्याज , काठमाण्डौं स्थानीय जातको काउली र खुमलचौडापात जातको रायोको लागि यो केन्द्र देशकै मुख्य श्रोतकेन्द्रको रुपमा रही आएको छ। यस केन्द्रको स्थापना भए पश्चात रुकुम जिल्लामा कृषकस्तरमा तरकारी बीउको उत्पादन कार्यको विधिवत थालनी भएको हो।पहिलो वर्ष आ.व. २०३६/३७ मा जम्मा ८जना कृषक मार्फत तरकारी बीउ उत्पादन कार्यक्रम शुरु गरी उक्त वर्ष १०० के.जी. (प्याज ९५ के.जी. र काउली ५ के.जी.) उत्पादन गर्न सफल भएको थियो।त्यसैगरी आ.व. २०४२/४३ मा ८८ जना कृषकहरुबाट लगभग ५ मे.टन तरकारीको बीउ उत्पादन भएको थियो।सो क्रम बढ्दै गएर आ....


View More

News/ Notices
Gallery