तरकारीबालीहरुको गुणस्तरीय बीउको बढ्दो माँगलाई दृष्टिगत गर्दै २०३०/ 0३१ सालमा देशका विभिन्नक्षेत्रहरुमा बागबानी तथा तरकारी फार्म केन्द्रहरुको स्थापना भएको हो।बीउको बढ्दो माँगको आपूर्ति सरकारी फार्म केन्द्रहरुले मात्र गर्न असम्भव भएकोले २०३२ सालदेखि नै विभिन्न बागबानी फार्म केन्द्रहरुको कमाण्ड क्षेत्र अन्तरगत रहेका जिल्लाहरुमा कृषकस्तरमा तरकारी बीउको उत्पादन गराई माँगआपूर्ति गर्ने परिपाटी शुरु गरिएको थियो।सोही अनुसार राप्ती अञ्चलका विभिन्न जिल्लाहरुका तरकारी बीउ उत्पादन पकेटक्षेत्रहरुमा सेवा प्रदान गर्ने उद्देश्यले २०३५ सालमा यसकेन्द्रको स्थापना भएको हो।स्थापना भएदेखि नै यसकेन्द्रले कृषि विभाग, तत्कालीन तरकारी विकासनिर्देशनालय तथा हाल राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रको मातहतमा रही तरकारी बीउको प्रजनन तथा मूल बीउ उत्पादन, तरकारी बाली सम्बन्धि अध्ययन परिक्षण, जातीय सम्बर्धन तथा संरक्षण जस्ता कार्यहरु गर्दै आइरहेको छ।हाल यसकेन्द्रले१६किसिमका विभिन्न तरकारीबालीहरुका १९ वटा जातहरुको प्रजनन् , मूल तथा उन्नत बीउ उत्पादन गर्दै आइरहेको छ र विशेषगरी मिनोअर्ली जातको मूला , रेडक्रियोल जातको प्याज , काठमाण्डौं स्थानीय जातको काउली र खुमलचौडापात जातको रायोको लागि यो केन्द्र देशकै मुख्य श्रोतकेन्द्रको रुपमा रही आएको छ।
यस केन्द्रको स्थापना भए पश्चात रुकुम जिल्लामा कृषकस्तरमा तरकारी बीउको उत्पादन कार्यको विधिवत थालनी भएको हो।पहिलो वर्ष आ.व. २०३६/३७ मा जम्मा ८जना कृषक मार्फत तरकारी बीउ उत्पादन कार्यक्रम शुरु गरी उक्त वर्ष १०० के.जी. (प्याज ९५ के.जी. र काउली ५ के.जी.) उत्पादन गर्न सफल भएको थियो।त्यसैगरी आ.व. २०४२/४३ मा ८८ जना कृषकहरुबाट लगभग ५ मे.टन तरकारीको बीउ उत्पादन भएको थियो।सो क्रम बढ्दै गएर आ. व. २०५७/५८ मा रुकुम जिल्लाबाट १७० मे.टन तरकारीको बीउ उत्पादन भई बिक्रीबितरण भएको थियो। सो वर्ष तरकारी बीउको कुल राष्ट्रिय उत्पादनमा रुकुम जिल्लाको मात्र योगदान २७.५% रहेको थियो भने त्यसपछिको वर्षहरुमा सो क्रम घट्दै गएर आ. व. २०६५/६६ मा सबैभन्दा न्यून उत्पादन (३४ मे.टन) भएको थियो।उक्त वर्ष राष्ट्रिय उत्पादनमा रुकुम जिल्लाको योगदान ३% मात्र रहेको थियो।त्यसपछि भने उत्पादनको अवस्था सुधारोन्मुख रहेको छ।हाल रुकुम जिल्लाको तरकारी बीउले मुलुकको कुल उत्पादनको करीब ८-१०% हिस्सा ओगटेको छ।
.
यो केन्द्र कर्णाली प्रदेश अन्तर्गत राप्ती अञ्चलको रुकुम(पश्चिम) जिल्ला, मुसिकोट नगरपालिका वडा नं. ४ को चाँपा भन्ने स्थानमा रहेको छ।यो मध्य पहाडी क्षेत्रमा समुद्र सतहदेखि १४४० मिटरको उचाईमा २८ ० ३६'उत्तरी अक्षाँस र८२ ० १२'पूर्वी देशान्तरमा फैलिएको छ | यो केन्द्र दक्षिण मोहडामा परेकोले बिहान सुर्योदय भए देखि साँझ सुर्यास्तसम्म घाम लागि रहन्छ।
यस केन्द्रको औसत अधिकतम तापक्रम२४ ० सेल्सियस र न्यूनतम तापक्रम १३ ० सेल्सियस तथा वर्षा १६०० मि.मि. देखि ३०७६ मि.मि. सम्म परेको पाइएको छ।यहाँको हिउँद चिसो, गृष्म न्यानो र सुख्खा तथा मनसुन ढिलोगरी आउने र हिउँदको दिनमा कहिलेकाही हिउँ समेत पर्ने गर्दछ र हल्का तुसारो पनि परेको पाइन्छ।यहाँको सापेक्षिक आर्द्रता ७९.१% छ।
ट्रिगोनोमेट्रिकल नापी प्रणालीद्वारा गरिएको नापी अनुसारकेन्द्रको कूल क्षेत्रफल ११७ रोपनी भएको देखाइएता पनि बाटोघाटो, भीर-कान्ला, कुलो, कार्यालय, क्वार्टरआदिले ओगटेको जग्गा कट्टा गर्दा केन्द्रको खुद खेती योग्य जमिन लगभग ८० रोपनी रहेको छ।
क्र.स. | विवरण | क्षेत्रफल(हे.) | प्रतिशत | कैफियत |
---|---|---|---|---|
१ | कार्यालय भवन परिसर | ०.२ | ३.४ | |
२ | आवास क्षेत्र | ०.३ | ५ | |
३ | उत्पादन क्षेत्रको विस्तृत विवरण | |||
बीउ उत्पादन ब्लक | ४ | ६८.७ | ||
ताजा तरकारी तथा नर्सरी ब्लक | ०.२ | ३.४ | ||
अलैची नर्सरी ब्लक | ०.४ | ६.८ | ||
४ | बांझो जग्गा - भिरपखेरा) | ०.४५ | ७.७ | |
५ | सडक/कुलो | ०.३ | ५ | |
जम्मा क्षेत्रफल | ५.८५ | १०० |